गरिमा विकास बैङ्कद्वारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

गरिमा विकास बैङ्कद्वारा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गरिमा विकास बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा आफ्नो सञ्चित मुनाफाबाट सेयर धनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैङ्कको सञ्चालक समितिको ३३४औँ बैठक, मिति २०८२ असोज २७ गते सोमबार दिउँसो ३:३० बजे बसेको बैठकले हाल कायम चुक्ता पुँजीबाट ६ प्रतिशत बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशको करसहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैङ्कले जनाएको अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयर धनीहरूलाई वितरण गरिनेछ।

हाल बैङ्कको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसामा पुग्नेछ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले हाल देशभर १२५ शाखा कार्यालय, १ विस्तारित सेवा कार्यालय (एक्सटेन्सन अफिस) र ५१ वटा स्वचालित कल्याण मशीन (एटिएम) मार्फत ग्राहकहरूलाई आधुनिक र सहज बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।

बैङ्कले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै ग्रामीणदेखि सहरी क्षेत्रमा वित्तीय पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको बताएको छ।

Skip This
Skip This
Logo