ग्राहकको खुशीमा केन्द्रित सिटिजन्स बैंक

ग्राहकको खुशीमा केन्द्रित सिटिजन्स बैंक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालैका वर्षहरूमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको छ। ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको यो बैंक विश्वसनीय र सहज बैंकिङ अनुभवका लागि परिचित छ।

बैंकले पछिल्ला वर्षहरूमा उत्साहजनक वित्तीय वृद्धि हासिल गरेको छ । नाफा, निक्षेप संकलन, कर्जा प्रवाह र सञ्चालन मुनाफा लगायतका प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । बैंकको विस्तृत नेटवर्क र कुशल व्यवस्थापनका कारण यो वित्तीय उचाइ सम्भव भएको हो । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा र प्रविधियुक्त सुविधा प्रदान गर्दै आएको यस बैंकका देशभरि शाखाहरू र एटीएमहरूको सञ्जाल फैलिएको छ, जसले शहरी तथा ग्रामीण भेगका जनतालाई बचत खाता, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ लगायतका विभिन्न वित्तीय समाधानहरू उपलब्ध गराएर देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा १.२९ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यसका साथै, बैंकले २११.५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १६८.९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ, जसले यसको बजार हिस्सा निक्षेपमा ३.३० प्रतिशत र कर्जामा ३.४६ प्रतिशत पुगेको देखाउँछ । नाफामा सामान्य गिरावट आए पनि डिभिडेन्ड क्षमतामा सुधार भएकोले लगानीकर्ताहरू पनि उत्साहित छन् र बैंकको समग्र वित्तीय स्वास्थ्य मजबुत रहेको छ ।

बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा ७ अर्ब ४० करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ६१ करोड ३२ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ७० करोड १ लाख रुपैयाँ थियो।

आफ्नो १९ लाख ३४ हजार ग्राहकवर्गलाई देशैभर फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्न सिटिजन्स बैंक सधैं प्रतिबद्ध दखिन्छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको यस बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यो कार्ड विशेष गरी अनलाइन खरीदगरी, होटल बुकिङ, र फ्लाइट टिकट किन्न जस्ता कामहरूमा अत्यन्तै सुरक्षित मानिन्छ । यो कार्ड भौतिक रूपमा नभई मोबाइल बैंकिङ्ग र डेबिट कार्डमा इन्टिग्रेट गरिएको हुन्छ, जसले गर्दा ग्राहकले आफ्नो मोबाइलबाटै यसको सिर्जना गर्न सक्छन् र आवश्यकता अनुसारको रकम सेट गर्न सक्छन्। यसले ग्राहकहरूलाई आफ्नो मुख्य कार्डको विवरण सार्वजनिक नगरी सुरक्षित रूपमा अनलाइन लेनदेन गर्न मद्दत पुर्‍याउँछ।

ग्लोबल मनी विक २०२५ मा सञ्चालित वित्तीय साक्षरता अभियानले हजारौं नेपालीको आर्थिक चेतना उजागर गरेको छ। डिजिटल मन्थ अफरहरूले ग्राहकको दैनिक जीवनलाई झन्झटमुक्त बनाउँदै उनीहरूको मन जितेको छ ।

यत्ति मात्र होइन, बैंकले फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिल्यान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ खाता सुरु गरेको छ । यो खाता फ्रिल्यान्सरहरूको आय स्रोत र लेनदेनको प्रकृतिलाई मध्यनजर राखेर बनाइएको छ। यस खाताका माध्यमबाट फ्रिल्यान्सरहरूले विदेशी मुद्रामा आएको आयलाई सजिलैसंग रुपैयाँमा रूपान्तरण गर्न सक्छन्। साथै, यस खातामा उच्च ब्याजदर, अन्तर्राष्ट्रिय डेबिट कार्ड, र अन्य आकर्षक बैंकिङ्ग सुविधाहरू समावेश गरिएका छन् जसले फ्रिल्यान्सरहरूको वित्तीय लेनदेनलाई अझ सहज बनाउँछ।

डिजिटल मन्थ अफरहरूले ग्राहकको दैनिक जीवनलाई झन्झटमुक्त बनाउँदै उनीहरूको मन जितेको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा ल्याएको छ, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् । यसले गर्दा ग्राहकहरूले आफू भेट्टाउने बैंकको शाखा नपाएपनि सिटिजन्स बैंकको व्यापक शाखा नेटवर्कबाट फाइदा लिन सक्छन्।

भर्चुअल क्रेडिट कार्ड, फ्रिल्यान्सर बचत खाता र क्रस-बैंक टेलर क्यूआर सेवा जस्ता नवीनतम उत्पादनहरूको सुरुवात गरेर सिटिजन्स बैंकले आफ्नो ग्राहकहरूलाई डिजिटल युगको अनुकूल बन्न र उनीहरूको वित्तीय जीवनलाई सहज बनाउन मदत गरेकाे छ।

अहिलेको डिजिटल जमानामा बैंकले पनि युग सुहाउँदो कदम चाल्नुले ग्राहकहरुको विश्वसनीय र आकर्षक केन्द्र बनेको छ, सिटिजन्स बैंक । बैंकले ग्राहकहरूको हितलाई ध्यानमा राख्दै ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’भन्ने नाराका साथ वित्तीय सचेतना फैलाउँदा झनै ‘सुनमा सुगन्ध’ थपिएको छ । सिटिजन्स बैंकले थप डिजिटल नवप्रवर्तन, ग्राहककेन्द्रित ऋण योजना, र बजार विस्तारमा जोड दिइरहेको छ। यी क्रान्तिकारी कदमहरूले सिटिजन्सलाई डिजिटल बैंकिङको चम्किलो तारा बनाएको छ।

अहिलेको डिजिटल जमानामा बैंकले पनि युग सुहाउँदो कदम चाल्नुले ग्राहकहरुको विश्वसनीय र आकर्षक केन्द्र बनेको छ, सिटिजन्स बैंक ।

सिटिजन्स बैंकले आर्थिक सफलतासँगै सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै जोड दिएको छ। आफ्नो नाफाको निश्चित प्रतिशत रकम देशका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक कल्याणका क्षेत्रका साथै अनाथ बालबालिकालाई सहयोग, शैक्षिक र सांस्कृतिक क्षेत्रमा योगदान, र महिलाहरूको सशक्तीकरणमा बैंकको भूमिका प्रशंसनीय छ। यस्ता कार्यहरूले सिटिजन्स बैंक वित्तीय संस्था मात्र नभई सामाजिक उत्तरदायित्व बोध गर्ने एक जिम्मेवार संस्थाका रूपमा स्थापित भएको प्रमाणित गर्छ, जसले मुलुकको समग्र सामाजिक र आर्थिक विकासमा सकारात्म योगदान दिइरहेको छ ।

सिटिजन्स बैंकको झण्डै दुई दशकको यो यात्रा केवल वित्तीय उपलब्धिको कथा मात्र होइन, यो ग्राहकको सन्तुष्टि र सामाजिक समृद्धिको प्रेरणादायी गाथा पनि हो। डिजिटल नवप्रवर्तन र सामाजिक योगदानको संयोजनले बैंकले नेपालको बैंकिङ क्षेत्रमा नयाँ आयाम थपेको छ।

Skip This
Skip This
Logo