काठमाडौं । आध्यात्मिक संस्था सत्संग नेपालले हालै नेपालमा गएको बाढी, पहिरोलगायतका विपत्तिबाट पीडितहरूका लागि १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको सात सदस्यीय टोलीले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममाझ उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
प्रतिनिधिमण्डलका सदस्य प्रेम भट्टराईका अनुसार, भारतको झारखण्डस्थित सत्संगको मुख्य आश्रमका परम् पुज्य श्री श्री आचार्यदेवको आशिर्वाद र निर्देशनअनुसार पीडितहरूलाई सहयोग पुर्याउन यो रकम प्रधानमन्त्रीलाई भेटेर उपलब्ध गराइएको हो। भट्टराईले जानकारी दिएअनुसार, सत्संगको मुख्य आश्रमले आफ्नो कोषबाट नेपालको यस प्रकारको दैवी विपत्तिमा पहिलोपटक सहयोग उपलब्ध गराएको हो।































प्रतिक्रिया