उच्चस्तरीय सुविधासहित ‘टेक्नो स्पार्क गो -२’ सार्वजनिक, मूल्य कति ?

उच्चस्तरीय सुविधासहित ‘टेक्नो स्पार्क गो -२’ सार्वजनिक, मूल्य कति ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चमक, ग्ल्यामर र स्टाइलको संसारमा बिल्कुलै नयाँ अवतार ‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ नेपाली बजारमा सार्वजनिक भएको छ । अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रिएको हो ।

लाखौंको सपना बुझ्ने एक नायकको आगमन भएको भन्दै कम्पनीले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित ‘टेक्नो स्पार्क गो–२’ नेपालमा सार्वजनिक गरेको हो । टेक्नो मोबाइलका सीईओ, अरिजित तलापात्राका अनुसार प्रविधि सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता अनुरुप उच्च स्तरीय फोनका सुविधाहरूसहित नयाँ ‘टेक्नो स्पार्क गो–२’ बजारमा ल्याइएको हो ।

‘टेक्नोको मान्यता छ कि राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्छ। हामीले स्पार्क गो–२ मार्फत धेरै उच्च स्तरिय फोनका जस्ता सुविधाहरू जस्तै–अल्ट्रा स्मुथ १२० हर्जको स्क्रिन, र नेटवर्क नभए पनि फोन गर्न मिल्ने सुविधा यसमा छ । नेपालमा रु ११,४९९ को मूल्य कायम गरेका छौं । नेपालभरका हाम्रा ग्राहकहरूका लागि उपलब्ध यो फोन बलियो, स्मार्ट र सबैका लागि उपयोगी छ।’

गुणस्तरसँग कुनै सम्झौता नगरी डिजाइन गरिएको, यसको सुसज्जित डिजाइन र उत्कृष्ट बनावटले आत्मविश्वास र प्रिमियमनेसको अनुभव प्रदान उनको दाबी छ । सम्पूर्ण उपभोक्ता वर्गको आवश्यकतालाई मध्यनजर गरी बजारमा ल्याइएको उनले बताए ।

मुख्य विशेषताहरूः

उत्कृष्ट डिजाइनः उच्च श्रेणीका फोनहरूबाट प्रेरित ट्रेन्डी र आइकनिक डिजाइन। इंक ब्ल्याक टिटानियम ग्रे, भेल ह्वाइट जस्ता आकर्षक रङहरूमा उपलब्ध यो फोनले यसलाई अद्वितीय पहिचान दिएको छ।

ब्लकबस्टर डिस्प्लेः ६.६७ इन्चको ठूलो एचडी प्लस स्क्रिनमा १२०हर्ज रिफ्रेस रेट को स्मूथ अनुभव रहेको छ। यसमा हरेक स्वाइपमा सिनेमा हेरेको जस्तो महसुस हुन्छ।

भरोसायोग्य अवतारः आईपी ६४ रेटिङ का कारण यो फोन धुलो र पानीको छिटाबाट सुरक्षित छ। चाहे झरी होस् या धुलो भरिएको मौसममा, टेक्नो स्पार्क गो २ हरेक ’क्लोज–अप’ का लागि तयार रहन्छ।

सुपरहिट ब्याट्रीः ५००० एमएएचको ब्याट्री जसले दिनरात नन–स्टप पर्फर्मेन्स सुनिश्चित गर्दछ।

टुटाउन नसकिने सिग्नलः यसले उत्कृष्ट सिग्नलको छनोट गर्दछ । यसको नेटवर्क बिना सञ्चार फिचर प्रयोग गरी ४०० मिटरसम्म टाढा नेटवर्क नभएको ठाउँमा समेत कल गर्न सकिन्छ।

एला एआईः जुनसुकै बेला, जुनसुकै स्थानमा शक्तिशाली बनाइराख्न यसमा एला एआई नामक सर्वव्यापी एआई सहायक उपलब्ध छ।

स्टार पर्फमरः युकिसक टि७२५० प्रोसेसर र ४जिबी र्याम तथा ६४ जिबी स्टोरेज द्वारा सञ्चालित यो फोनले स्मूथ अनुभवको ग्यारेन्टी दिन्छ। साथै, ४ वर्षसम्म ल्याग–फ्रि पर्फर्मेन्स पनि दिन्छ ।

लाइट्स, क्यामेरा, एक्सनः १३ एको रियर क्यामेराले ’स्टार पावर’ कैद गर्छ । हरेक पललाई ब्लकबस्टर बनाउन तयार रहन्छ।

सुमधुर साउन्डट्र्याकः डिटिएस अडियो ट्युनिङ सहितको स्टेरियो स्पिकर जसले ‘फिल्मी’सराउण्ड साउन्डको अनुभव दिन्छ ।

स्मार्ट हिरो मुभः साइडमा रहेको फिंगरप्रिन्ट स्क्यानर र आईआर ब्लास्टरले टिभी÷एसी नियन्त्रण गर्न सक्छ। ब्लकबस्टर डिजाइनदेखि पावर–प्याक्ड पर्फर्मेन्ससम्म, टेक्नो स्पार्क गो २ केवल एक फोन मात्र होइन, यो सुपरस्टारको नयाँ अवतार हो ।

Skip This
Skip This
Logo