काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा महत्त्वपूर्ण चोकहरूमा ‘हाइ मास्ट लाइट’ जडान कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । यसले ‘उज्यालो महानगर’ अभियानलाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
महानगरपालिकाका अनुसार यो कार्यका लागि ९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम सम्पन्न भएको हो । महानगरपालिकाले निर्माण पक्षसँग २०८१ पुस २३ गते सम्झौता गरी कामको जिम्मा दिएको थियो ।
मेयर बालेन शाहको कार्यकालमा सहरलाई रातको समयमा समेत सुरक्षित र उज्यालो बनाउने लक्ष्यका साथ यो परियोजनालाई तीव्रता दिइएको हो । ६२ वटै चोकमा हाइ मास्ट लाइट जडान भएपछि राजधानीका मुख्य-मुख्य स्थानहरूमा रातिको समयमा पर्याप्त उज्यालो हुनेछ ।































प्रतिक्रिया