बाजुरा । राष्ट्रिय बाणिज्य बैंक बाजुराबाट हालसम्म ५० लाख बढिका सुकिला नोट सटही भएका छन्।नेपालीहरुको महान चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट सटही सुरु गरेका थिए ।
बाजुरामा पनि चाडपर्व लक्षित दसैँ तथा तिहारको लागी हालसम्म ५३ लाख ५० हजार बराबरका सुकिला नोट सटही भएका हुन्।भदौ ३१ गतेबाट सुरु भएको सुकिला नोट सटहीमा असोज १० गतेसम्म दशैँको लागी करिब ४१ लाख ५० हजार बराबरका नोट सटही भएको राष्ट्रिय बाणिज्य बैंक बाजुराका शाखा प्रबन्धक बिशन देव जोशीले बताए।
त्यस्तै तिहारको लागी हालसम्म १२ लाख रुपैयाँ सटहीको लागी झिकेर सटही कार्य चलिरहेको उनले बताएका छन्। न्युनतम कार्यालयबाट करिब ६० लाख बराबरका सुकिला नोट सटही हुने अपेक्षा लगिएको जोशीको भनाइ छ।पहिले बर्षको तुलनामा अहिलेको बर्ष नोट सटहीमा सेवाग्राहीको उत्साहमा कमी आएको शाखा प्रबन्धक जोशीले जानकारी दिए।
पछिल्लो समय सेवाग्राहीले नयाँ नोट मात्रै खोज्ने सुकिला नोट लिनुहोस् भन्दा त्यो त छदैछ भनेर आनाकानी गर्ने भएका कारण तुलनात्मक रुपमा सटही गर्ने सेवाग्राहीको संख्यामा कमी भएको जोशीले बताएका छन्।तर पनि कार्यालयमा नयाँ नोटको जसरी भीडभाड नभए पनि दैनिक रुपमा सुकिला नोट साट्ने सेवाग्राहीहरु नियमित आउने गरेको उनको भनाइ छ।
सर्वसाधरणहरुलाई बैंकले दिएका नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्नका साथै नयाँ नोटमा कहिँकतैबाट टिका लगाउने कालो,मैलो बनाउने, च्यात्ने काम नगर्न आग्रह गरिएको छ।सर्वसाधरणहरुले नोटलाई सुरक्षित रुपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने बताईएको छ ।
राष्ट्रिय बाणिज्य बैंक मार्तडीले दसैंको लागी ५ रुपैयाँका ६४ हजार पिसबाट ३ लाख २० हजार,१० रुपैयाँका ५३ हजार पिसबाट ५ लाख ३० हजार,२० रुपैयाँका ३० हजार पिसबाट ६ लाख,५० रुपैयाँका २४ हजार पिसबाट १२ लाख र १०० रुपैयाँका १५ हजार पिसबाट १५ लाख गरेर जम्मा ४१ लाख ५० हजार बराबरका नोट सटही गरेको हो।
त्यस्तै तिहारको लागी २० रुपैयाँका १५ हजार पिसबाट ३ लाख,५० रुपैयाँका १० हजार पिसबाट ५ लाख र १०० रुपैयाँका ४ हजार पिसबाट ४ लाख गरेर जम्मा १२ लाख रुपैयाँ बराबरका नोट सहटी भएको राष्ट्रिय बाणिज्य बैंक लिमिटेड बाजुराले जनाएको छ।





























प्रतिक्रिया