काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौता भएको हो ।
सुम्निमा हाइड्रोपावर कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो ।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनीको तर्फबाट अध्यक्ष आषिश सुवेदीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हो ।
सुम्निमा हाइड्रोपावर कम्पनीले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४.९ मे.वा. क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।































प्रतिक्रिया