वीरगन्जमा ‘दीपल एस ०५’ सार्वजनिक, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु

वीरगन्जमा ‘दीपल एस ०५’ सार्वजनिक, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु

केन्द्रबिन्दु
6
Shares

वीरगन्ज । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेस प्रदेशको महत्त्वपूर्ण बजार विरगञ्जमा नयाँ इलेक्ट्रिक एसयुभी दिपल एस०५ सार्वजनिक गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेस प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, तथा वीरगन्ज दिपल नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाल लगायतले नयाँ एसयुभीलाई सार्वजनिक गरे ।

सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र अत्याधुनिक टेक्नोलोजीको समिश्रण भएकाले केही हप्तामै नेपाली बजारमा चर्चित बन्न सफल भएको कम्पनीले जनाएको छ ।

यस एसयुभीमा विश्वकै ठुलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ राखिएको छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) रहेको छ । साथै, दिपल एस०५ का दुवै फ्रन्ट सिट भेन्टिलेटेड र हिटेड छन् भने ‘क्विन कोपाइलट सिट’ मार्फत यात्रुहरूले जिरो ग्राभिटी, लेग सपोर्ट र वान–टच न्याप मोड जस्ता सुविधा प्राप्त गर्न सक्नेछन् । यसमा सेग्मेन्ट–एक्स्क्लुसिभ ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा छ, जसले साँचोको प्रयोग गरेर गाडीलाई अगाडि र पछाडि सजिलै सार्न सकिन्छ ।

साथै, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्लेले लाइभ नेभिगेसन र आवश्यक ड्राइभिङ सूचना विन्डशिल्डमा देखाउँछ । १४.४ इन्चको सनफ्लावर टचस्क्रिन सहित दिपल एस०५मा इन्टरनेट कनेक्टिभिटी पनि उपलब्ध छ, जसले स्मार्ट र आरामदायी यात्राको अनुभव प्रदान गर्छ ।

एमएडब्लु वृद्धिले आगामी दिनमा यस मोडेललाई मधेस प्रदेशका विभिन्न सहरमा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

यसैबीच विरगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा नोभस ब्रदर्स प्रालिले दीपलका अत्याधुनिक इभीको विक्रीवितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

कार्यक्रममा दीपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दीपल एस०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्रइभ गर्न सकिनेछ ।

यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउन सकिनेछ ।

Logo