छठ पूजा र आराधनाको साथी ‘सावित्री कंचनजंगा अगरबत्ती’

छठ पूजा र आराधनाको साथी ‘सावित्री कंचनजंगा अगरबत्ती’

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । छठ पर्व, हिन्दू धर्मको एक प्राचीन र आध्यात्मिक महापर्व हो जसमा सूर्यदेव र छठी मैयाको आराधना गरिन्छ । यो पर्व कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने चार दिनको कठिन व्रत हो ।

नहाय-खाय र खरना विधि पूरा गरी व्रत बसेका बर्तालुहरू आज साँझ नदी, तलाउ, पोखरी र जलाशयहरूको घाटमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिँदैछन्। यसका लागि देशभरका छठ घाटहरूलाई बेहुलीझैँ सिँगारिएको छ। यस पर्वले पारिवारिक सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना पूरा हुने धार्मिक विश्वास छ।

आजको दिनमा पूजा र आराधनाको लागि विशेष सामग्रीहरूको महत्व छ, जसमा अगरबत्तीले पवित्र वातावरण सिर्जना गर्छ। यसरी नै, पूजा र आराधनाकी साथी सावित्री कंचनजंगा अगरबत्तीले छठ पर्वलाई अझ बढी पवित्र र सांस्कृतिक बनाएको छ । यो नेपाली ब्रान्डको अगरबत्तीले परम्परागत सुगन्धले वातावरणलाई शुद्ध गर्दै पूजालाई जीवन्त बनाउँछ ।

दैनिक पूजापाठ, ध्यान र धार्मिक कार्यहरूमा शान्त तथा सुगन्धित वातावरण प्रदान गर्दै आएको कंचनजंगा अगरबत्तीकाे माग छठ पर्वमा उच्च देखिन्छ ।

सावित्री कंचनजंगा अगरबत्ती यसको प्राकृतिक सुगन्ध, लामो समयसम्म टिक्ने र कम धूँवा दिने विशेषताका कारण नेपालभरि लोकप्रिय छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अगरबत्तीको बजारमा कंचनजंगाले आफ्नो गुणस्तर र नवीनताले गर्दा छुट्टै पहिचान बनाएको छ। कम्पनीका अनुसार, यस अगरबत्तीको प्रयोगले घर-परिवारमा सकारात्मक ऊर्जा र शान्ति छाउने विश्वास गरिन्छ।

आफ्ना उपभोक्ता, खुद्रा बिक्रेता र होलसेलरहरूलाई कम्पनीले समय-समयमा विभिन्न अफर तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमार्फत जोड्दै आएको छ।

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्ती लगायत १०० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन्। पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखि तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ।

सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू नेपाल बाहेक विभिन्र देशमा पनि निर्यात हुँदै आएका छन्।

Skip This
Skip This
Logo