काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य २ हजार रुपैयाँ घटेर आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम रहेको छ ।
हिजाे सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया