एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर नेपालद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउन कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौंस्थित कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

Skip This
Skip This
Logo