चाँदीको मुल्य बढ्यो,सुनको यथावत

चाँदीको मुल्य बढ्यो,सुनको यथावत

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

Logo