काठमाडौँ

स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत ६५ अर्ब पुग्ने भएको छ । "/>

माथिल्लो तामाकोशीको लागत ६५ अर्ब नाघ्यो : ९६ प्रतिशत काम पूरा

माथिल्लो तामाकोशीको लागत ६५ अर्ब नाघ्यो : ९६ प्रतिशत काम पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत ६५ अर्ब पुग्ने भएको छ । आयोजना निर्माण सुरु हुँदा ब्याज सहित ४१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत झण्डै २४ अर्ब बढेर ६५ अर्ब रुपैयाँ पुग्ने भएको हो ।

सुरुमा ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान रहेकोमा भूकम्प, नाकाबन्दी, विदेशी मुद्रामा भएको बढोत्तरी लगायतको कारणले हाल ४९ अर्ब २९ करोड ५५ लाख पुगेको छ । “भूकम्प, नाकाबन्दी, विदेशी मुद्रा बढ्नु लगायतका कारणले लागत बढेर ४९ अर्ब २९ करोड पुगेको छ, यो ब्याज बाहेकको लागत हो,” अपर तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने, “ब्याज सहित करिब ६५ अर्ब पुग्ने देखिएको छ ।”

९६ प्रतिशत काम पूरा भएको आयोजना आगामी हिउँद भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका अनुसार सिभिल, हाइड्रोमेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण तथा सवस्टेशन गरी चार लटका साथै प्रवेश मार्ग, निर्माण सुपरीवेक्षण परामर्श सेवा, प्रशासनिक खर्च, जग्गाको मुआब्जा तथा वातावरण व्यवस्थापन लगायतमा पहिलाको तुलनामा १७ प्रतिशत बढेर ४१ अर्ब २५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

सिभिल, हाइड्रोमेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण तथा सवस्टेशनको लागत बढेर ३३ अर्ब ५६ करोड ९१ लाख तथा पहुँच मार्ग, पुर्वाधार, इन्जिनियरिङ, निर्माण अनुगमन लगायतको लागत ७ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।
कारोबारबाट

Logo