जीवनको उत्तराद्र्धमा कसैले पनि अपमानित भएर जीउनु नपरोस् भन्ने सन्देश दिन राजधानीमा आमा सम्मेलन गरिएको छ ।  काठमाण्डौ महानगरपालिका र मानव सेवा आश्रमले संयुक्त रुपमा राजधानीमा सनिबार आमा सम्मेलन गरेको हो । "/>

काठमाडौंमा आमा सम्मेलन (भिडियोमा)

काठमाडौंमा आमा सम्मेलन (भिडियोमा)


जीवनको उत्तराद्र्धमा कसैले पनि अपमानित भएर जीउनु नपरोस् भन्ने सन्देश दिन राजधानीमा आमा सम्मेलन गरिएको छ । काठमाण्डौ महानगरपालिका र मानव सेवा आश्रमले संयुक्त रुपमा राजधानीमा सनिबार आमा सम्मेलन गरेको हो ।

विशेष गरेर वृद्ध वृद्धा अवस्थामा पुगेपछि कसैले पनि अपमानित हुनुनपरोस् , सडकको आश्रय लिन नपरोस् र सबैका बाबुआमालाई जीवित देवी देवता जसरी सम्मान पाउन् भन्ने उद्देश्य साथ आमा सम्मेलन गरिएको अभियन्ताहरु बताउँछन् ।

कोही पनि मानिस सडक पेटीमा भोकै र नाङ्गै बस्न नपरोस्, हरेक आमा बुबाले परिवारभित्र जीवीत देवीका रुपमा सम्मानित जिवन जीउन सकुन भन्ने उद्देश्यका साथ आफुहरु मावन सेवामा समर्पित भएको आयोजकको भनाई छ ।

मानव सेवा आश्रमले २०६६ साल देखि वृद्ध वृद्धाको सेवामा विभिन्न काम गर्दै आएको छ । यसले मुलुकका विभिन्न स्थानमा आमा सम्मेलन गर्दै आएको छ ।

 

Logo