नेपाली बजारमा आयो पियोर रुटका प्राकृतिक सौन्दर्य प्रसाधन

नेपाली बजारमा आयो पियोर रुटका प्राकृतिक सौन्दर्य प्रसाधन

केन्द्रबिन्दु
0
Shares

भारतमा सर्वाधिक बिक्रि हुने कस्मेटिक प्रडक्टहरुमा तेस्रो स्थानमा रहेको पियोर रुटका उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ ।

नेपाल भित्रिएको छोटो समयमै प्रयोगकर्ताहरुको मन जितेको पियोर रुटले आफ्ना थप प्रडक्टहरुलाई पनि नेपाली बजारमा ल्याएको छ । उपभोक्ताहरुको माग यस्तै रहेको खण्डमा कम्पनीले थप उत्पादनहरुलाई नेपाली बजारमा ल्याउने सोचाई बनाएको छ ।

शतप्रतिशत भेजिटेरियन रहेको यो कस्मेटिक प्रडक्टहरुमा कुनै पनि किसिमको रासायनिक पदार्थहरु नराखिएको कम्पनीले दावा गरेको छ । बजारमा पाईने धेरै किसिमका कस्मेटिक प्रडक्टहरुमा कृत्रिम रंग, कृत्रिम सुगन्ध, रासायनिक पदार्थ, लामो समयसम्म सुरक्षित राख्ने केमिकल र छालालाई पछि दुस्प्रभाव पार्ने किसिमका केमिकलहरु राखिएको हुन्छ । तर पोयोर रुटका उत्पादनहरुमा कुनै पनि किसमका कृत्रिम पदार्थहरु राखिएको हुदैंन । यो विरुवावाट आएको पोषक पदार्थहरुलाई सोझैं प्राकृतिक रुपमा प्याकेजिङ गरेर ल्याईने कम्पनीकाका सेल्स एण्ड मार्केटिङ मैनेजर सुमित भट्टराईले बताए ।

अन्य कृत्रिम प्रसाधनका उत्पादकहरुले विभिन्न जनावरहरुमा परिक्षण गरेर मात्र मानिसलाई प्रयोग गर्न लगाउने गरेको छ । तर पियोर रुटले यस्तो किसिमको कुनै पनि परिक्षण गर्नु नपर्ने हुनाले नगर्ने जनाएको छ ।

पियोर रुटका उत्पादनहरुमा बिशेषत कपालको सुरक्षा, अनुहारको सौन्दर्य बढाउने र बडी केयरहरुका उत्पादनहरु रहेको छ ।

हेयर केयरमा पियोर रुटको हेयर जेल, कपाल झर्न रोक्ने स्याम्पु, कपालको सुरक्षा गर्ने प्रोटिन भएको स्याम्पु, आयुर्वेदिक निम, तुलसी र मह भएको स्याम्पु, कागतीको स्याम्पु आदी उत्पादनहरु गर्ने गरेको छ ।

यसैगरी फेस केयरमा क्रिम, फेयरनेस क्रिम, फेस वास, फेस प्याक, स्क्रब, फेसियल किट र ब्लिच रहेका छन् । पियोर रुटका फेस केयरमा रहेका क्रिमहरुले अनुहारमा ब्लो आउने देखि अनुहारका छालामा देखिने बिभिन्न किसिमका समस्याहरुलाई उपचार गर्ने किसिमका क्रिमहरु उत्पादन गरेको छ । जसमा आँखाको डिलमा हुने कालोपन हटाउन, मुहारमा आएको चाउरीपनलाई रोक्न, सुख्खा छाला हुने देखि चिल्लो छाला हुनेहरुलाई समेत लक्षित गरेर फरक फरक किसिमका फेस क्रिमहरु उत्पादन गरेको छ ।

पियोर रुटको बडी क्रिमहरु पनि उत्कृष्ट रहेको कम्पनीले दावा गरेको छ । यसको बडी क्रिममा मुलत बडी लोसन, सनस्क्रिन लोसन र हेयर रिमुभल क्रिमहरु रहेको छ । सनस्क्रिन क्रिमहरु मुलत: घामवाट छालालाई डढ्न वाट रोक्ने देखिन् सूर्यको पराबैजनी किरण छालामा पर्न नदिएर छालाको सुरक्षा गर्ने किसिमका रहेका छन् । यस्तै हेयर रिमुभल क्रिमहरुले शरीरका नचाहिने भागका रौंहरुलाई मुलायम ढंगले हटाउन प्रयोगर्न सकिने किसिमको रहेको भट्टराईले जानकारी दिए ।

Logo