स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित

स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित भएकाे छ ।

बेलायतको चर्चित अटोमोटिभ पत्रिका ‘ह्याट कार ?’ले हालै इन्याक ईभीलाई ‘युज्ड कार अफ द इयर २०२५’ घोषणा गरेको हाे । लामो इतिहास बाेकेकाे यो अवार्ड विद्युतीय गाडीले जितेको पहिलोपटक हो।

पारिवारिक, अत्यधिक व्यावहारिक र किफायती एसयुभी इन्याक ईभीले यो प्रतिष्ठित ट्रफी जित्नको लागि करिब १२ सय प्रतिस्पर्धीहरूलाई पछि पारेकाे थियाे । इन्याक ईभी युके बजारमा करिब १३ हजार पाउन्ड (झन्डै नयाँको आधा मूल्य) मा खरिद गर्न सकिन्छ । नयाँ इन्याकको मूल्य भने करिब २६ हजार पाउन्ड पर्ने गर्छ।

कारमा धेरै भित्री स्पेस हुनु र ठूलो ब्याट्री विकल्पमा ३३३ माइल (लगभग ५३६ किलोमिटर) को आधिकारिक रेन्ज हुनु, जुन टेस्ला मोडल वाईको लङ्ग रेन्ज भन्दा पनि बढी हुनु नै यसका मुख्य विशेषताहरू हुन् ।

Logo