काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम ट्याबलेट ‘ग्यालेक्सी ट्याब एस११’ सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई र वन यूआई ८ द्वारा सञ्चालित यो ट्याबलेटले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र उच्च प्रविधिको संयोजनसहित सहज क्रिएटिभिटी र प्रोडक्टिभिटी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ट्याब एस११ हाल नेपालभरका सामसङ स्टोरहरूमा एक लाख २९ हजार ९९९ रुपैयाँ (१२ जीबी/२५६ जीबी) मा उपलब्ध छ ।
सामसङका अनुसार ट्याब एस११ लाई प्रयोगकर्ताको सिर्जनशीलता र दक्षता दुवै बढाउने गरी तयार गरिएको छ । वन यूआई ८ मा निर्मित ग्यालेक्सी एआई क्षमताले लेख्ने, कोर्ने, अध्ययन गर्ने वा विचार आदान-प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउने कम्पनीको भनाइ छ ।
यसमा जेमिनाई लाइभ (रियल-टाइम स्क्रिन शेयरिङ), ड्रइङ एसिस्ट, राइटिङ एसिस्ट, सर्कल टु सर्च जस्ता फिचरहरू समावेश छन् । जसले प्रयोगकर्तालाई बिना सम्झौता काम र अध्ययनमा सशक्त बनाउने कम्पनीको विश्वास छ ।
११ इन्चको एचडी डाइनामिक डिस्प्ले र अत्याधुनिक ३ एनएम प्रोसेसरले ट्याब एस११ लाई उच्च प्रदर्शन र ऊर्जा दक्ष बनाएको कम्पनीको दाबी छ । यसको अल्ट्रा-स्लिम डिजाइन, हल्का तौल र सुधारिएको एस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा पनि सहज मल्टिटास्किङ अनुभव प्रदान गर्छ ।
प्रोडक्टिभिटीका लागि ट्याब एस११ मा नयाँ ‘Samsung DeX Extended Mode’ पनि समावेश गरिएको छ, जसले ट्याब र बाह्य मोनिटरलाई डुअल-स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्ने बताइएको छ । साथै, गुडनाेट्स, क्लिप स्टुडियाे पेन्ट, लुमाफ्युजन, नाेसनजस्ता लोकप्रिय क्रिएटिभ र प्रोडक्टिभ एपहरूसँगको अनुकूलताले यसलाई कन्टेन्ट क्रिएटर, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी डिभाइस बनाएको छ ।
यो डिभाइस हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पसहित नयाँ ट्याब खरिद गर्न सक्नेछन् ।































प्रतिक्रिया