हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर

हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । हुन्डाई नेपालले पुरानासँग नयाँ गाडी साट्न मिल्ने एक्सचेन्ज अफर ल्याएको छ ।

कम्पनीले ल्याएको ‘अपग्रेड टु द पर्फेक्ट इभी’अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा इभी प्राप्त गर्न सक्नेछन् । यो अफर देशभरका सबै हुन्डाई सोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत ग्राहकले एक लाखसम्मको एक्सचेन्ज बोनस, ७५ हजारको विशेष छुट र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् । साथै, यस अफरमा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले हुन्डाई क्रेटा खरिदलाई अझ सुविधाजनक बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार क्रेटा इभीमा हुन्डाईको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन छ, जसले विद्युतीय गाडीमा रूपान्तरण गर्न चाहनेका लागि यो एक उत्कृष्ट विकल्प बनाउनेछ । साथै, क्रेटा खरिदमा ग्राहकले ६ वर्षको फ्री सर्भिस र तीन वर्षको वारेन्टी पनि पाउनेछन् ।

हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा ३९० किलोमिटर ड्राइभिङ रेञ्ज र २०० मिमी ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ।

Skip This
Skip This
Logo