सिटी सेन्टरमा दुई दिने आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न

सिटी सेन्टरमा दुई दिने आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । पाँचौं संस्करणको ‘आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ काठमाडौंमा प्रारम्भ भएको छ ।

सिटी सेन्टर कमलपोखरीमा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पा, आईआईएफटीका सल्लाहकार तथा व्यवसायी उज्ज्वलजङ्ग शाह, फोटोग्राफर शिवलाल श्रेष्ठसहितका व्यक्तित्वले उक्त एक्स्पोको रिबन काटेर भव्य शुभारम्भ गरिएको छ ।

दुई दिने प्रतिस्पर्धात्मक एक्स्पोको आयोजक तथा आईआईएफटीका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा अध्ययन गरेका इन्टेरियर डिजाइनका विद्यार्थीहरूले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्त्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको हो ।

एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू राखिएको छ । एक्स्पोमा क्याफे, कार शोरूम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरू समावेश छन् । एक्स्पोमा विद्यार्थीहरूले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका छन् भने ग्राजुएट हुन लागेका विद्यार्थीहरूले थेसिस प्रस्तुति स्वोरुप बिबिध बिषयमा डिजाइनहरुको मकप एक्स्पोमा राखेका थिए। एक्स्पोलाई थेसिस १७ जना विद्यार्थी र क्याफे तर्फ़ ३९ जना विद्यार्थी सहभागी भएका थिए ।

एक्स्पोमा सहभागिता जनाएका विद्यार्थीहरुले स्वदेश अथवा विदेश, जहाँ भए पनि इन्टेरियर डिजाइनको भविष्य राम्रो भएकाले यो विषय अध्ययन गरेको धारणा व्यक्त गरेका छन् ।

दोस्रो दिन सम्पन्न ग्राजुएशन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिताले ग्राजुएट विद्यार्थीहरूलाई सर्टिफिकेट अफ एकम्प्लिजमेन्ट प्रदान गरेकी थिइन् ।

कार्यक्रममा विशेष अतिथिहरूको सहभागितासहित विभिन्न प्रतिस्पर्धात्मक विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथिद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विशेष अतिथिहरूमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक अशुतोष खेतान, व्यवसायी अनिल थामन, उज्ज्वल कृष्ण श्रेष्ठ, तथा वरिष्ठ गायक लाक्पा शेर्पाहरू थिए ।

यस अवसरमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक अशुतोष खेतानले आफ्नो कम्पनीको तर्फबाट विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गरेका थिए । उक्त कार्यक्रम शेर्पा ग्रुपको मुख्य प्रयोजनमा तथा बर्जर पेन्ट्स र लामिनार टाइल्सद्वारा सह–प्रायोजक रूपमा सहभागिता जनाइएको थियो।

Skip This
Skip This
Logo