काठमाडौं । बजाज चेतक नेपालले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै आयोजना गरेको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ सुरु भएको छ ।
२८ गतेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुने क्याम्पमा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधनमा उच्चतम मूल्याङ्कन, फ्री एसेसरिज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधाहरु प्रदान गरिने छन् । ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।
यस पहलमार्फत, बजाज चेतकले परम्परागत दुईपांग्रे इलेक्ट्रिक मोबिलिटीमा सजिलो, रोमाञ्चक र लाभदायी रूपान्तरण सुनिश्चित गर्न चाहेको प्रष्ट्याएको छ ।
‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए ।
बजाज चेतक ३५०१ शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो । यसले प्रति चार्ज १५३ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्दछ, जसले दक्षता र आत्मविश्वासलाई संयोजन गर्दछ । यसको आईपी ६७ रेटेड अल मेटल बडीले सबै मौसमी अवस्थामा स्थायित्व सुनिश्चित गर्दछ ।





























प्रतिक्रिया