बोस पावर टुल्समा ११ रुपैयाँमै २२ हजार ९०० मूल्यको प्रेसर वाशर जित्न सकिने

बोस पावर टुल्समा ११ रुपैयाँमै २२ हजार ९०० मूल्यको प्रेसर वाशर जित्न सकिने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक प्रालिले आज नोभेम्बर ११ अर्थात ११ः११ अभियान मार्फत विशेष अफर ल्याएको छ ।

ईकमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानमा बोसका पावर टुल्समा ग्राहकले १५ प्रतिशतसम्म छुटको सुविधा पाउनेछन् । यसका साथै, फास्टेस्ट फिङ्गर फर्स्ट अफरमा २२ हजार ९ सय मूल्यको प्रेसर वाशर केवल ११ रुपैयाँमा पाउने अद्भुत अवसर पनि उपलब्ध हुनेछ।

सो अभियान अन्तर्गत सानो र किफायती एङ्गल ग्राइन्डर, सटीक र साँघुरो ठाउँका कामका लागि बोस जीडब्लुएस ६००, सटीक तापक्रम नियन्त्रणका लागि विश्वासयोग्य र कुशल उपकरण बोस जीएचजी १६/५० हिट गन, माथिल्लो स्थान र सीमित ठाउँमा काम गर्न सक्षम, सानो तर शक्तिशाली ड्रिलका लागि बोस जीएसबी ४५० इम्प्याक्ट ड्रिल, धुलो कम हुने र दक्ष ड्रिलिङका लागि एसडीएस–प्लस रोटरी ह्यामर बोस जीबीएच २/२३ आरईए रोटरी ह्यामर, बहुप्रयोगीय इम्प्याक्ट ड्रिल किट तथा विभिन्न उपकरणहरूसहित बोस जीएसबी १३ आरई इम्प्याक्ट ड्रिल किट सेट र छिटो र सटीक नापका लागि कम्प्याक्ट मापन उपकरण बोस जीएलएम ४० लेजर रेन्ज फाइन्डर लगायतका उपकरणहरु राखिएका छन् ।

यस ११ः११ अभियानमार्फत बोस पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूलो निर्माण कम्पनीहरूदेखि व्यक्तिगत कारीगरहरूसम्म, ग्राहकहरूलाई उत्पादन र प्रदर्शन सुधार्न आवश्यक उपकरण उपलब्ध गराएको कम्पनीले बताएको छ ।

Skip This
Skip This
Logo