तारागाढ खोलामा तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तारागाढ खोलामा तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

केन्द्रबिन्दु
6
Shares

काँक्रेविहार। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ ।

जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन् ।

Skip This
Skip This
Logo