होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ग्राहकहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै ‘सेफ्टी रिकल’ अभियान सुरु गरेको छ। यसअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने घोषणा गरेको हो।

यो अभियान होण्डा मोटर कम्पनी, जापान को विश्वव्यापी पहलको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित समस्या समाधान गरी यात्रालाई अझ सुरक्षित बनाउनु रहेको छ। स्याकार ट्रेडिङले यो अभियान नेपालमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ।

अभियानअन्तर्गत ज्याज, अकर्ड, सीआर–भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएको छ। कम्पनीले यी गाडीहरूको एयरब्याग दक्ष प्राविधिकमार्फत कुनै पनि शुल्क नलिई परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ।

स्याकार ट्रेडिङले उक्त मोडेलका गाडीधनीहरूलाई आफ्नो सवारी यस अभियानमा पर्छ वा पर्दैन भन्ने जानकारीका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पर्कका लागि:

काठमाडौं: ९८०११०८१११ / ०१–५१५३५४२, ५१५३०४१

पोखरा: ९८४६९७७६२९ / ९८५६०३३८२८

विराटनगर: ९८५२०२३२१२ / ९८०७३०३२१२

बुटवल: ९८५७०३७८७७ / ९८०२६२२२८०

वीरगन्ज: ९८०३१५६४३०

Logo