रोयल इन्फिल्डले ल्यायो नयाँ मेटिओर ३५०का चार भेरियन्ट, यस्ता छन् मूल्य र फिचर

रोयल इन्फिल्डले ल्यायो नयाँ मेटिओर ३५०का चार भेरियन्ट, यस्ता छन् मूल्य र फिचर

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । मध्यम आकारका मोटरसाइकल सेग्मेन्टको विश्व ब्रान्ड रोयल इन्फिल्डले नेपालमा नयाँ र ताजा मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ।

मनोरञ्जनात्मक यात्राहरू, घुमाउरा राजमार्गहरू र आरामदायी सफरका लागि तयार गरिएको मेटिओर ३५० ले आफ्नो विशिष्ट क्रूजर डिजाइन, व्यक्तित्व, मृदु प्रदर्शन र सहज सवारी आसनसहित मध्यम आकारका क्रूजर सेग्मेन्टमा नयाँ मापदण्ड कायम गरिरहेको कम्पनीले जनाएको छ।

२०२० मा सुरु गरिएको मेटिओर ३५० ले लामो दूरीका सहज यात्राहरू र शहरी सडकका सुसंस्कृत सवारीका लागि एक सुलभ र परिष्कृत मोटरसाइकलको रूपमा आफ्नो प्रतिष्ठा स्थापित गरिसकेको छ। अब यसको नयाँ रूपान्तरणमा, यो इजी क्रुजर फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभा नामक चार भेरियन्टहरूमा उपलब्ध छ, जसमा सात आकर्षक नयाँ रङहरू र सुधारिएको सुविधाहरू समावेश छन्।

लोकप्रिय ३४९ सीसी एयर–कुल्ड जे–सिरिज इन्जिनबाट शक्ति प्राप्त नयाँ २०२५ मेटिओर ३५० ले अधिकतम २०.२ बीएचपी @६१०० आरपीएम र २७ एनएम @४००० आरपीएम को टर्क प्रदान गर्दछ। यसले अब नयाँ रिफ्रेश्ड रेंज र थप उन्नत सुविधाहरूका साथ बजारमा आएको छ। सबै भेरियन्टहरूमा अब एलईडी हेडलाम्प मानक रूपमा उपलब्ध छन्, जसले यस ३५० सिसी क्रूजर मोटरसाइकललाई नेपालका लामो दूरीका मोटरसाइकल प्रेमीहरू र सवारहरूका लागि रोजाइको पहिलो विकल्प बनाएको छ।

रोयल इन्फिल्डले आफ्नो मेटिओर ३५० लाइनअपलाई सबै भेरियन्टहरूमा नयाँ रङ स्किमहरूसहित पुनः परिकल्पना गरेको छ। शीर्ष श्रेणीको सुपरनोभा भेरियन्ट अब आधुनिक रङ संयोजन र क्रोम फिनिशसहित उपलब्ध छ, जबकि ऑरोरा भेरियन्ट ले परम्परागत शैलीबाट प्रेरित रङ स्किमहरू ल्याएको छ, जसले रेट्रो–स्टाइल क्रूजर मन पराउने सवारहरूलाई आकर्षित गर्छ।

स्टेलर भेरियन्टमा संयमित र बोल्ड रङहरूको मिश्रण पाइन्छ, र फायरबल भेरियन्टका उज्याला र जीवन्त रङ विकल्पहरूले स्वतन्त्र भावनाका साथ एक्लै सवारी गर्न मन पराउने युवाहरूलाई आकर्षित गर्नेछन्।यी नयाँ अपडेटहरूसँगै, रॉयल इन्फिल्ड यस उत्सवको मौसममा आफ्ना ग्राहकहरूका लागि नयाँ, ताजा र रोमाञ्चक क्रूजिङ अनुभव ल्याउन तयार भएको छ।

आइचर मोटर्स लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा रोयल इन्फिल्डका मुख्य कार्यकारी अधिकारी बी. गोविन्दराजनले “दशकौँदेखि रॉयल इन्फिल्डको ‘शुद्ध र अविकल सवारी अनुभव’ सम्बन्धी दर्शनले विश्वका विभिन्न भागका सवारहरूलाई गहिरो रूपमा आकर्षित गरेको बताए।

उनले भने, ‘सन् २०२० मा मेटिओर ३५० को सुरुवातसँगै हामीले नयाँ पुस्ताका ती सवारहरूलाई आकर्षित गर्न सफल भयौं, जो सडकमा आफ्नो छुट्टै पहिचान खोजिरहेका थिए। आज मेटिओर ३५० ती सवारहरूको रोजाइ बनिसकेको छ, जसले क्रूजर शैलीको सुन्दरता र सहज सवारी अनुभवलाई महत्व दिन्छन् — चाहे ती छोटा शहरी यात्राहरू हुन् वा सहरपारिका लामो खोजपूर्ण यात्राहरू।’

मेटिओर ३५० केवल मोटरसाइकल मात्र नभई खुला सडकमा सहज यात्राको जीवनशैली र स्मरणीय अनुभवको प्रतीक भएको बताउँदै उनले कम्पनी यस मेटिओर ३५० को नयाँ र अद्यावधिक संस्करण नेपालमा ल्याउन अत्यन्त उत्साहित रहेको उल्लेख गरे।

‘हामीलाई विश्वास छ कि यसले नेपालमा रहेका हाम्रो तीव्र रूपमा बढ्दै गरेको समुदायको अनुभवलाई अझ उचाइमा पुर्‍याउनेछ’, उनले भने।

नयाँ रिफ्रेस गरिएको मेटिओर ३५० रेन्ज आरामदायी सवारी अनुभवका साथ राजमार्ग र सहरी सडक दुवैमा लामो यात्राको आनन्द लिन चाहनेका लागि उपयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ।

सुरुआतदेखि नै, रॉयल इन्फिल्ड मेटिओर ३५० ले विश्वभरमा पाँच लाखभन्दा बढी मालिकहरूको सशक्त र सन्तुष्ट समुदाय निर्माण गर्न सफल भएको छ र यो आफ्नो सेग्मेन्टमा सबैभन्दा लोकप्रिय क्रूजर मोटरसाइकलमध्ये एक बनेको छ। ६५ भन्दा बढी देशहरूमा बिक्री हुने मेटिओर ३५० लाई मोटरसाइकल विशेषज्ञहरूले “थरब्रेड इजी क्रूजर” को रूपमा मान्यता दिएका छन्। यसले विश्वभरमा प्रशंसा र पुरस्कारहरू प्राप्त गरेको छ, जसमा यसको सुरुवाती वर्षमै प्राप्त प्रतिष्ठित ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’ पुरस्कार पनि समावेश छ।

नयाँ २०२५ मेटिओर ३५० अब विभिन्न विशेष जेन्युइन मोटरसाइकल एक्सेसरी (जीएमए) किटहरूसँग आएको छ, जसले प्रत्येक भेरियन्टको रूप र कार्यक्षमतालाई नयाँ थीम र सुविधासँग सुदृढ बनाउँछ।मेटिओर ३५० जीएमए अहिले दुई फरक थीममा उपलब्ध छ— अर्बन किट, जसमा ब्ल्याक ड्र्याग ह्यान्डलबार, ब्ल्याक राउन्ड बार-एन्ड मिरर, ब्ल्याक लो राइडर सिट, टिन्टेड फ्लाइसक्रिन लगायतका आकर्षक एक्सेसरीहरू समावेश छन्।

त्यसैगरी, ग्र्यान्ड टुरर किट मा ब्राउन टुरिङ राइडर र पिलियन सिट, ब्ल्याक प्रिमियम लङहाल प्यानियर र प्यानियर रेल्स, राइडर र पिलियनका लागि डिलक्स फुट पेग्स, ब्ल्याक टुरिङ ह्यान्डलबार, ब्ल्याक एलईडी फग लाइट्स र ब्ल्याक राउन्ड मिरर जस्ता सुविधाहरू समावेश छन्, जसले यसलाई साँच्चिकै व्यक्तिगत र विशिष्ट बनाउँछ।

आकर्षक मूल्यमा उपलब्ध २०२५ मेटिओर ३५० अब ग्राहकहरूले नजिकको रोयल इन्फिल्ड शोरूममा किन्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फायरबल भेरियन्ट प्रारम्भिक मोडेल हो, जसमा अरेन्ज र ग्रे गरी दुई आकर्षक रंग छनोट छन्। यसको मूल्य पाँच लाख ७७ हजार राखिएको छ, जसले क्रूजर सेग्मेन्टमा किफायती प्रवेश विकल्प बनाउँछ।

यसपछि आउने स्टेलर भेरियन्टमा म्याट ग्रे र म्यारिन ब्लु रंग विकल्प दिइएका छन्। बढी परिष्कृत फिनिस र केही अतिरिक्त स्टाइलिङ तत्त्वहरूका कारण यसको मूल्य पाँच लाख ८७ हजार तोकिएको कम्पनीले जनाएको छ।

अरोरा भेरियन्टले रेट्रो अनुभव चाहनेलाई लक्ष्य गरेको छ। रेट्रो ग्रिन र रेड रंगमा उपलब्ध यो संस्करणमा क्लासिक क्रूजरको झल्को दिने डिजाइन झन् बलियो बनाइएको छ। यसको मूल्य पाँच लाख ९१ हजार ९ सय निर्धारण गरिएको छ।

सबैभन्दा प्रिमियम मानिएको सुपरनोभा भेरियन्ट भने ब्ल्याक रंगमा आउनेछ। आधुनिक फिनिस, क्रोम स्पर्श र थप परिमार्जित लुकका कारण यसको मूल्य सूचीमा सबैभन्दा माथि पाँच लाख ९७ हजार राखिएको छ।

कम्पनीका अनुसार सबै मोटरसाइकलहरूमा ७ वर्षसम्मको विस्तारित वारेन्टी र रोडसाइड असिस्टेन्स सुविधा प्रदान गरिएको छ। यो विस्तारित योजना अन्तर्गत, कम्पनीले मानक ३ वर्ष/३०,००० किलोमिटरको वारेन्टी भन्दा थप ४ वर्ष वा ४०,००० किलोमिटर (जे पहिले पुग्छ) सम्मको सुरक्षा कवरेज प्रदान गर्छ। यसले प्रत्येक यात्रामा सवारहरूलाई दीर्घकालीन भरोसा र मनको शान्ति सुनिश्चित गर्दछ।

Skip This
Skip This
Logo