बुटवल। सीजी इलेक्ट्रोनिक्सले आफ्नै इलेकट्रोनिक्स ब्रान्डको शोरूम ‘सीजी डिजिटल आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा कार्तिक २९ गते शनिबारदेखि सञ्चालनमा ल्याएको छ ।
यससँगै कम्पनीले देशव्यापी रूपमा २१ शो–रुम सञ्चालनमा आएको हाे ।
अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मिडिया, गोदरेज, क्रम्प्टन, बेको, सेन्सी, टीसीएल, बर्ली, केन्ट, ब्ल्याक+डेकर, मोटोरोला जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेकट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, बुटवल–लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकताहरू र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रडक्ट र छिटो ग्राहक–सपोर्ट प्रणालीसहित सुव्यवस्थित र प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो।
उद्घाटन कार्यक्रममा स्थानीय निकायका अधिकारी, ग्राहक र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सीजी डिजिटलले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ गर्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उप–सहरी बजारमा विस्तार गर्ने र अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले समग्र डिजिटल बजार प्रवृत्ति, ग्राहक रोजाइको बदलिँदो स्वरूप र उदयोन्मुख प्रविधिलाई ध्यानमा राख्दै समावेशी, पारदर्शी र ग्राहक–केन्द्रित व्यापार विस्तारमा निरन्तर केन्द्रित रहने जनाएको छ।





























प्रतिक्रिया