डिसहोम गो एपबाट एनपीएलको प्रत्यक्ष प्रसारण

डिसहोम गो एपबाट एनपीएलको प्रत्यक्ष प्रसारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को लागि आधिकारिक ओटीटी प्लेट फर्मको जिम्मा पाएको डिसहोम गो ले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

क्रिकेट एसोसिएसन अफ नेपालबाट प्राप्त ओटीटी प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग दोस्रो संस्करणका सबै ३२ खेल अब डिसहोम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको हो। प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ।

एनपीएलको प्रत्यक्ष प्रसारण डिसहोम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ। युवटुवमामा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन प्रसारण हुनेछ। जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँने कम्पनीले जनाएको छ।

डिजिटल वालेट तथा मास्टर कार्डबाट समेत भुक्तानी हुने कम्पनीले जनाएको छ। डिसहोम गो मोबाइल एपबाट हेर्न नेपालभित्र ३ सय रुपैयाँ, मध्यपूर्व ५ सय रुपैयाँ र अन्यदेशका लागि १० डलर तोकिएको छ।

डिसहोम गो एप मोबाइल, एन्ड्रोइड टीभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, ई–सेवा, भिसा वा मास्टर कार्ड प्रयोग गरेर सजिलै भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन् । साथै, डिसहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको डिसहोमले जनाएको छ । प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमा लाइभ हुने कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रसारण सुनिश्चित गर्न डिसहोमले मोबायोटिक्स र अकामाईसँग प्राविधिक सहकार्य गरेको छ । मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्न अनलाइन प्रसारण प्रणाली (ओटीटी) निर्माण गर्ने कम्पनी हो । यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी बंगलादेशी दर्शकले सहज रूपमा हेरेका थिए ।

Skip This
Skip This
Logo