डेभिल्स हट चिकेन नुडल्स र विराटनगर किंग्सबीच साझेदारी घोषणा

डेभिल्स हट चिकेन नुडल्स र विराटनगर किंग्सबीच साझेदारी घोषणा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एशियन थाई फुड्सको प्रिमियम उत्पादनहरूमध्ये हालै बजारमा प्रस्तुत डेभिल्स हट चिकेन नुडल्स ‘इट्स डेभिलिसियस’ र जारी नेपाल प्रिमियर लिगको विराटनगर किंग्स बीच नयाँ साझेदारीको घोषणा गरिएको छ । यो सहकार्य ब्राण्डका लागि एक महत्वपूर्ण माइलस्टोनको रूपमा रहेको छ, जसले डेभिल्सलाई उच्च–ऊर्जावान खेल मनोरञ्जनको केन्द्रमा स्थापित गर्ने उद्देश्य राखेको छ ।

यस साझेदारीमार्फत डेभिल्सले नेपाल प्रिमियर लिगका दर्शक तथा फ्यानहरूलाई अझ रोमाञ्चक अनुभव प्रदान गर्दै आफ्नो तीव्र र मसालेदार स्वादलाई राष्ट्रिय क्रिकेट मञ्चसम्म पुर्याउने लक्ष्य राखेको छ। ब्राण्डले यस सहकार्यप्रति आफ्नो उत्साह व्यक्त गर्दै नेपाल प्रिमियर लिग सिजन २ को गतिशीलता र रोमाञ्चनलाई विशेष महत्व दिएको छ, किनभने लिगको जोश र ऊर्जा डेभिल्स हट चिकेन नुडल्सको तीव्रता र साहसी व्यक्तित्वसँग पूर्ण रूपमा मेल खान्छ ।

एशियन थाई फुड्सका पदाधिकारीले भने, “हामी विराटनगर किंग्ससँग हातेमालो गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। यस सहकार्यले हामीलाई ल्एी को जोश र रोमाञ्चनलाई मनाउन तथा फ्यानहरूलाई खेलको उर्जा जस्तै मसालेदार र स्वादिलो अनुभव दिन अवसर प्रदान गर्दछ। हामी यस सिजनलाई पहिलेभन्दा पनि ‘डेभिलिसियस’ बनाउने दिशामा एकसाथ काम गर्न आतुर छौँ।”

ब्राण्डले सबै समर्थकहरूलाई टोलीको अभियानसँगै डेभिल्सको जोश र ऊर्जा अनुभव गर्न आमन्त्रित गरेको छ। विराटनगर किंग्ससँगको यो साझेदारीले ब्राण्डको युवा संस्कृति, खेल प्रेम, र धाकिलो स्वाद अनुभवसँग जोडिने प्रतिबद्धतालाई अझ बलियो बनाएको छ। भर्खरै बजारमा प्रवेश गरेको डेभिल्स हट चिकेन नुडल्सले आफ्नो तीव्र हट–चिकेन स्वाद मार्फत बजारमा बलियो उपस्थिती कायम गर्दै आएको छ।

Skip This
Skip This
Logo