एचपी ल्युब्रिकेन्ट्स बन्याे एनपीएलकाे पार्टनर

एचपी ल्युब्रिकेन्ट्स बन्याे एनपीएलकाे पार्टनर

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक एमएडब्लू पेट्रो प्रोडक्ट्स प्रालि नेपाल प्रिमियर लिग सिजन २ को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बनेको छ। नेपाल क्रिकेट संघ क्यान र एमएडब्लू पेट्रो प्रोडक्ट्स प्रालिबीच एनपीएल सिजन २ को अफिसियल पार्टनर बनेको हो।

सम्झौता टीयू क्रिकेट मैदानमा अंकुर खनाल, कार्यकारी निर्देशक, प्रियदर्शी राय, महाप्रबन्धक, एमएडब्लू इन्टरप्राइजेज प्रालि तथा पारस खड्का, सचिव, नेपाल क्रिकेट संघबीच हस्ताक्षर गरिएको हो। यस साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र-क्रिकेट र इञ्जिन ल्युब्रिकेसनलाई एकसाथ ल्याएको छ। क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनमा आधारित खेल हो, जुन एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन ‘पावर टू फरफम’सँग उत्तिकै मेल खाने कम्पनीको दाबी छ।

एमएडब्लू पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट विकासयात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गरेको छ। एनपीएलले उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा देखाउने र देशभरका दर्शकलाई आकर्षित गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्छ।

नेपालमा उच्च-गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राख्दछ।

‘यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो,’ एमएडब्लूका प्रतिनिधिहरूले कार्यक्रममा भने, ‘जसरी एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौँ।’

एचपी ल्युब्रिकेन्ट्स विश्वभर मान्यता प्राप्त अग्रणी ब्रान्ड हो ।

Skip This
Skip This
Logo