शिखर इन्स्योरेन्सको २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

शिखर इन्स्योरेन्सको २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा यस कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशी प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती प्रदेशबाट ६३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट ४३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदुरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल १४३९ युनिट रगत जम्मा भएको छ ।

Skip This
Skip This
Logo