वायुसेवा निगमका महाप्रबन्धक श्रेष्ठले सम्हाले कार्यभार, सुधारका काममा एकताबद्ध भई लाग्न निर्देशन

वायुसेवा निगमका महाप्रबन्धक श्रेष्ठले सम्हाले कार्यभार, सुधारका काममा एकताबद्ध भई लाग्न निर्देशन

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । अमृत मान श्रेष्ठले नेपाल वायुसेवा निगमको कार्यकारी संचालकको जिम्मेवारीमा आजबाट कार्यभार सम्हालेका छन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार निगमका संचालक समितिका सदस्य श्रेष्ठलाई नेपाल वायुसेवा निगम ऐन २०१९ बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत गर्ने गरी कार्यकारी संचालकको रुपमा नियुक्त गरिएको हो। निगमको केन्द्रीय कार्यालयमा आयोजित पदबहाली कार्यक्रममा निगमका कर्मचारीहरुले महाप्रबन्धक श्रेष्ठलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेका थिए ।

पदबहाली पश्चात उनले तत्कालै निगमको कार्यकारी समितिको बैठक बोलाई विभागीय प्रमुखहरुबाट निगमको समग्र कार्यप्रगति र अवस्थाबारे विस्तृत जानकारी लिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै महाप्रबन्धक श्रेष्ठले निगमको हित र सुधारका लागि सम्पूर्ण कर्मचारीहरुलाई एकताबद्ध भई लाग्न निर्देशन दिए । उनले इजरायलको (इजरायल एयरोस्पेस इन्डस्ट्रिज) मा मर्मतका लागि पठाइएको निगमको इन्जिन छिट्टै आफ्नो जहाजमा जडान गरी हाल लिजमा लिएको इन्जिन फिर्ता गर्ने कार्यलाई तत्कालै टुङ्ग्याउने गरी कार्य आरम्भ गरिसकेको जानकारी दिँदै सम्बन्धित कर्मचारीहरुलाई सोही अनुसार कार्य अगाडि बढाउन समेत निर्देश दिए ।

Skip This
Skip This
Logo