गरिमा विकास बैङ्कद्वारा देशभर रक्तदान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

गरिमा विकास बैङ्कद्वारा देशभर रक्तदान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । गरिमा विकास बैङ्क लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा बृहत् रक्तदान तथा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। बैङ्कले विगतका वर्षझैँ यस वर्ष पनि समाजसेवा र सामुदायिक योगदानप्रतिको प्रतिबद्धताअनुसार कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गरेको हो।

बैङ्कले सुनसरीको इटहरी, पर्साको वीरगन्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। उक्त ८ स्थानमा आयोजना गरिएको रक्तदानबाट कुल ६०२ युनिट रगत सङ्कलन भएको बैङ्कले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा बैङ्कले देशका विभिन्न १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत— १६ स्थानका विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोसाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाइ सामग्री,मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरीलाई खाद्यान्न सामग्री, सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई पानी प्रशोधन यन्त्र हस्तान्तरण गरिएको बैङ्कले जानकारी दिएको छ।

“स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारा सहित, बैङ्कले हिजो मङ्सिर ६ गते गरिमा रोड रेस–२०८२ को दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न गरेको थियो। यो प्रतियोगितामा १,००० भन्दा बढी धावकले सहभागिता जनाएका थिए। बैङ्कले रोड रेसलाई प्रत्येक वर्ष निरन्तर आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ।

Skip This
Skip This
Logo