टाटाको बहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता

टाटाको बहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी सार्वजनिक गरेको छ ।

ओम्नी इनर्जी एण्ड जिओमेट्री स्केलेबल आर्किटेक्चरमा निर्मित सिएरा हालै भारतीय बजारमा सार्वजनिक गरिएको हो । आधुनिक डिजाइन र मिनिमलिष्टिक एप्रोचमा आधारित यस कारमा स्लीक फुल चौडाइ एलईडी लाइटबारको साथ कालो फ्रन्ट फेसिया रहेको छ ।

पछाडि, स्लिम एलईडी टेललाइट र एलईडी लाइट बार जडान गरिएको एसयूभीमा कालो ओआरभीएम, ग्लस ब्ल्याक बडी क्ल्याडिङ, ह्वील आर्च क्ल्याडिङ, ब्ल्याक रूफ रेल, रूफ स्पोइलर, शार्क–फिन एन्टेना र १९ इन्चको डुअल–टोन अलोय ह्वील लगायत उपलब्ध छन् ।

इन्टेरियरको कुरा गर्नुपर्दा सिएरामा १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन, १२.३ इन्चको प्यासेन्जर डिस्प्ले र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर सहितको ट्रिपल–स्क्रिन लेआउट उपलब्ध गराइएको छ । एसयूभीको केन्द्रमा उज्यालो टाटा लोगो भएको ४ स्पोक स्टेयरिङ ह्वील, डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, सेन्टर आर्मरेस्ट, रियर सनशेड, हेड–अप डिस्प्ले, १२–स्पिकर जेबिएल साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो एण्ड एप्पल कारप्ले, लेभल २ एडास र ३६० डिग्री क्यामेरा राखिएका छन् ।

त्यसैगरी, १.५ लिटर डिजेलले ११६ बीएचपी पावर र २६० एनएम टर्क जेनरेट गर्दछ भने १.५ लिटर डाइरेक्ट–इन्जेक्शन टर्बो–पेट्रोल युनिटले १५८ बीएचपी २५५ एनएम टर्क जेनेरेट गर्दछ ।

सिएराको सुरुवाती मूल्य ११ लाख ४९ हजार भारु तोकिएको छ । यसको बुकिङ डिसेम्बर १६ मा खुल्नेछ भने डेलिभरी जनवरी १५, २०२६ मा सुरु हुने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo