काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्राेनिक्स अन्तर्गतको सिजी ब्रान्डले आफ्नो प्रिमियम सिजी मेरिडिया सिग्नेचर सिरिजका एआई–सक्षम फाेरके गुगल टिभी मोडेलहरू नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ श्रृंखलामा ६५ इन्च (65GTVU5), ५५ इन्च (55GTVU5) र ४३ इन्च (43GTVU5) गरी तीन मोडेल समावेश छन्।
कम्पनीका प्रतिनिधिका अनुसार, सिजी मेरिडिया सिग्नेचर सिरिज नेपालमै पहिलो एआई टिभी प्रस्तुत गर्ने घरेलु ब्रान्ड हो। उनका अनुसार, “हामी नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक अनुभव घरेलु मूल्यमै उपलब्ध गराउन प्रतिबद्ध छौँ। विशेषगरी एनपीएललाई ध्यानमा राखेर यो श्रृंखला सार्वजनिक गरिएको हो, जसले आम उपभोक्तालाई घरमै बसेर खेलकुद हेर्दा स्टेडियम जस्तै अनुभूति र चलचित्र हेर्दा हल–जस्तै थिएटर अनुभूति प्रदान गर्नेछ।”
उनका अनुसार, नयाँ एआई फाेरके गुगल टिभीले मनोरञ्जन अनुभव मात्र सुधार्ने होइन, घरभित्रको डिजिटल इन्टरएक्शनलाई समेत स्मार्ट, सरल र व्यक्तिगत बनाउने लक्ष्य राखिएको छ।
मुख्य एआई विशेषताहरू
- AI Skin Detection — अनुहार र छालाको रंग तथा बनावट विश्लेषण गरी प्राकृतिक र जीवन्त दृश्य प्रदान गर्छ।
- AI Motion Clarity — खेलकुद, एक्सन दृश्य तथा गेमिङमा Motion Blur र Ghosting घटाइ दृश्यलाई स्मूद बनाउँछ।
- MEMC (More Frames, More Clear) — अतिरिक्त फ्रेम सिर्जना गरी हल्लिएको वा धमिलो दृश्य हटाएर स्पष्टता बढाउँछ।
- AI Dialogue Clarity Enhancer — संवादलाई पृष्ठभूमि आवाजबाट छुट्याएर अझ स्पष्ट सुनिने बनाउँछ।
- Find My Remote Control — ‘Remote Locator Button’ थिच्दा हराएको रिमोटबाट तुरुन्त बीप/अलार्म ध्वनि आउँछ।
- अन्य AI क्षमताहरू
AI 4K Upscaling: कम रिजोल्युसन कन्टेन्टलाई 4K नजिक पु¥याउँछ।
AI Learning Capability: प्रयोगकर्ताको हेर्ने बानी अनुसार Personalized अनुभव।
स्वचालित Picture–Audio Calibration: Brightness, Contrast, Sound आदि आफैं समायोजन।
प्राविधिक विवरण
- प्रोसेसर/स्मृति: Quad Core A55 CPU, Mali-G52 GPU, 2GB RAM, 16GB Storage
- दृश्य: 4K Ultra HD, HDR10/HLG, Wide Color Spectrum 105% BT.709, Dynamic Contrast, MEMC
- ध्वनि: Dolby Digital Plus, 20W/24W Stereo Speakers, Surround Sound
- स्मार्ट फिचर: Google TV, Chromecast Built-In, Google Assistant, Kids Mode, Gaming Mode, Remote Locator System
- कनेक्टिभिटी: Dual Band Wi-Fi, Bluetooth 5.1, HDMI ARC सहित 3 HDMI Ports, 2 USB Ports, Optical Out, Earphone Jack
- डिजाइन: Frameless Premium Design, Smooth Motion Technology
सीजी इलेक्ट्रोनिक्सको परिचय
नेपाली इलेक्ट्रोनिक्स क्षेत्रमा ४ दशकभन्दा बढी इतिहास बोकेको CG Electronics ले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत उपभोक्ताको विश्वास जित्दै आएको छ। देशभरका २० आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत कम्पनीले बिक्रीपछिको सेवा सहज बनाएको छ।































प्रतिक्रिया