यस वर्षको पहिचान सम्मानबाट साहित्यकार वैरागी काइँला पुरस्कृत

यस वर्षको पहिचान सम्मानबाट साहित्यकार वैरागी काइँला पुरस्कृत

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला लाई पुरस्कृत गर्ने भएको छ ।
काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पु-याएका योगदानको कदर गर्दै नगद रु पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।

यसैगरी, पहिचानको आन्दोलन र लेखनमा दिइरहनुभएको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ । नगद रु ५० हजार २०२ र ताम्रपत्रसहित उनलाई युवा सम्मान दिने कोषले जनाएको छ । पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ ।

Skip This
Skip This
Logo