चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

केन्द्रबिन्दु
63
Shares

भजनी। शिलान्यास भएको चार वर्षपछि टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण प्रारम्भ भएको छ ।

स्थानीय वीरेन्द्र विद्या मन्दिरको खेल मैदानमा रु दुई करोड ६४ लाख ५० हजारको लागतमा कभर्ड हल निर्माण प्रारम्भ भएको हो । एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए ।

आगामी भदौभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण जारी छ । निर्माण पूरा भएपछि हल व्यवस्थापनको जिम्मेवारी विद्यालयलाई दिइने इन्जिनियर राजेन्द्र दिए ।

Logo