काठमाडौं । एमएडब्लु वृद्धिले नेपालगञ्जमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ ।
दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा उक्त टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको हो । यस कार्यक्रममा आगन्तुकहरूले दिपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।
नयाँ सोरुमा आयोजना हुने कार्यक्रममा आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा भएको दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।
कार्यक्रममा विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध हुनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेकाे कम्पनीले जनाएकाे छ ।





























प्रतिक्रिया