काठमाडौं । शिवम् सिमेन्ट्सको वार्षिक साधारणसभाबाट घोषित लाभांश पारित भएको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेका वार्षिक प्रगति प्रतिवेदन, गत आवको लेखापरीक्षकको प्रतिवेदन चालु आवको लेखापरीक्षक नियुक्ति प्रस्ताव पारित भएको छ ।

कम्पनीले आर्जन गरेको खुद नाफाबाट चुक्ता पूँजीको दश प्रतिशत बराबर नगद लाभांश (करसहित) र २.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि पारित भएको छ । हाल कायम चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको कुल १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव भएको थियो ।
बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५९ करोड ३२ लाख पुग्नेछ । साधारणसभामा अध्यक्ष गोयलले सभामा व्यक्त भएका राय, सुझाव र सल्लाहलाई कम्पनीले ग्रहण गर्दै लैजाने प्रतिबद्धता जनाए ।





























प्रतिक्रिया