‘रिड्डारा आरडी६ ईभी पिकअप’ मा बम्पर छुट योजना सार्वजनिक

‘रिड्डारा आरडी६ ईभी पिकअप’ मा बम्पर छुट योजना सार्वजनिक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपालका लागि जिली अटो ग्रुपको आधिकारिक वितरक सी.जी. मोटर्सले आफ्नो प्रिमियम अल-इलेक्ट्रिक पिकअप ट्रक ‘रिड्डारा आरडी६’ मा ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक छुट र फाइनान्सिङ योजनाहरू ल्याएको छ।

विद्युतीय सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै कम्पनीले ‘रिड्डारा आरडी६’ लाई थप सुलभ बनाउन एकैसाथ थुप्रै महत्त्वपूर्ण अफरहरू जारी गरेको हो। अफरअन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्जमा तीन लाख रुपैयाँसम्मको ‘टपअप’ लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस अवसरमा रिडाराले ‘टेस्ट ड्राइभ, फिल थ्रिल, अलडे’ योजना पनि सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ गर्न पाउनेछन्।

‘रिड्डारा आरडी६’ एक पूर्ण इलेक्ट्रिक पिकअप ट्रक हो, जसलाई जिलीको अत्याधुनिक एम.ए.पी.प्ल्याटफर्म मा बनाइएको छ । यो गाडी पिकअपको क्षमता र एसयूभीको आरामको उत्कृष्ट संयोजन मानिन्छ। यसको आरडब्ल्यूडी भेरियन्टमा ६३ किमि प्रतिआवरको ब्याट्री र ३७७ किमिसम्मको रेन्ज दिने क्षमता राख्छ । यसमा २०० किलाेवाटको शक्तिशाली मोटर जडान गरिएको छ।

यो गाडीको सबैभन्दा प्रमुख विशेषता भेहिकल टु लाेड क्षमता हो, जसले ६ किलाेवाटसम्मको बाह्य पावर आउटपुट प्रदान गर्छ । यसले गर्दा पिकअपलाई आउटडोर क्याम्पिङ वा कामका लागि ठूलो पावर ब्याङ्कको रूपमा प्रयोग गर्न सकिन्छ।

Skip This
Skip This
Logo