मेगा र टुरिजम बैंकले पायो ‘मर्ज’ अनुमति

मेगा र टुरिजम बैंकले पायो ‘मर्ज’ अनुमति

केन्द्रबिन्दु
0
Shares

सम्झौता भएको करिब १५ महिनापछि मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । बिहिबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुई बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको हो। 

यहि बैशाखको अन्तिम साता एकीकृत कारोबार गर्ने गरि राष्ट्र बैंकले बिहिबार अन्तिम स्वीकृति दिएको हो । एक आपसमायी दुई बैंकले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका हुन। राष्ट्र बैंकबाट औपचारिक पत्र प्राप्त भएपछी बैंकले २१ दिनको सूचना निकालेर एक आपसमा गाभिएको औपचारिक निर्णय गर्नेछ।

मेगाको १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जरको निर्णय भएको हो। जस अनुसार टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले  ०.९५ कित्ताको अनुपातमा मेगाको शेयर पाउनेछन् । हकप्रद शेयर सहित मेगाको चुक पुंजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजमको २ अर्ब १ करोड रुपैयाँ छ। दुवै बैंक मर्ज भएपछी चुक्ता पुंजी ९ अर्ब ४७ करोड नाघ्ने छ ।

Skip This
Skip This
Logo