काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। भर्ना सूचना अनुसार साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गरिनेछ ।
दरखास्त फाराम पुस ११ देखि माघ ११ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। तोकिएको समयपछि दोब्बर दस्तुर तिरेर माघ १२ देखि २१ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
अनलाइन आवेदन दिएका उम्मेदवारहरूले भने माघ २३ भित्र आफूले रोजेको कार्यालयमा सक्कलै दरखास्त फाराम बुझाउनुपर्नेछ । यसअन्तर्गत सशस्त्र प्रहरी निरीक्षक, सहायक निरीक्षक, प्राविधिक निरीक्षक (चिकित्सक) र प्राविधिक नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदक समावेश छन्।
सशस्त्र प्रहरी भर्ना इच्छुक आवेदकहरूले तोकिएको समयमै दरखास्त बुझाउनुपर्ने र सबै प्रक्रिया नियम अनुसार मात्र मान्य हुने जानकारी सूचनामा दिइएको छ ।
































प्रतिक्रिया