भृकुटीमण्डपमा आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु

भृकुटीमण्डपमा आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तरराष्ट्रिय प्रदर्शनी सुरु आरम्भ भएको हो ।

प्रदर्शनीको सहयोगी संस्था नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोगता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेश राज रेग्मी, नेपाल प्लाईउड उत्पादक संघका होम प्रसाद घिमिरे, र इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्तरुपमा शुक्रबार दिउँसो कार्यक्रमको उद्धाटन गरेका हुन् ।

प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस सोलुसन प्रालि’द्वारा आयोजित उक्त प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । विभिन्न १० देशका दुई सय ५० बढी कक्ष रहेका छन् । करिब १५ हजारभन्दा बढी व्यावसायिक दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

नवप्रवर्तन, दिगोपन र आधुनिकीकरणमा केन्द्रित यस प्रदर्शनीले काठ तथा फर्निचर उद्योगसँग सम्बन्धित नवीन प्रविधि, उपकरण र सामग्रीको प्रदर्शन गर्दै व्यावसायिक सहकार्य एवं लगानीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । प्रदर्शनीले उत्पादक, आयातकर्ता, व्यापारी, वितरक, रूपान्तरणकर्ता तथा उपभोक्ताबीच अन्तरक्रिया सहज बनाउँदै नयाँ उत्पादन र अत्याधुनिक प्रविधिको सार्वजनिकरणलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ ।

Skip This
Skip This
Logo