काठमाडौं । इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको कम्पनीले जनाएको छ। विशेष योजनाअन्तर्गत एलिकाका चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालको आईसीसी टी–२० विश्वकप खेलको टिकट जित्ने अवसर प्राप्त गर्नेछन्। साथै, भाग्यशाली विजेताले ४ रात / ५ दिनको पूर्ण मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।
एलिका आधुनिक डिजाइन, शक्तिशाली सक्सन र विश्वस्तरीय प्रविधिका लागि विश्वभर परिचित ब्रान्ड हो। एलिकाका चिम्नीहरूले धुवाँ, गन्ध र तेलको असरबाट किचनलाई मुक्त राख्दै खाना पकाउने अनुभवलाई अझ सहज, स्वच्छ र आनन्ददायी बनाउँछन्। यही कारण एलिका आज नेपाली किचनहरूको पहिलो रोजाइ बन्दै गएको छ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले एलिका स्पेस वारेन्टी कार्ड नम्बर स्पेस नेम स्पेस कस्टुमर नेम स्पेस एड्रेस टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।
यस अभियानसम्बन्धी थप जानकारीका लागि नजिकको आधिकारिक एलिका शोरुममा सम्पर्क गर्न वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक प्लेटफर्ममार्फत जानकारी लिन सकिनेछ।





























प्रतिक्रिया