टाटा मोटर्सले पार गर्यो साढे दुई लाख गाडी बिक्रीको माइलस्टोन

टाटा मोटर्सले पार गर्यो साढे दुई लाख गाडी बिक्रीको माइलस्टोन

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । टाटा मोटर्सले भारतीय विद्युतीय सवारी बजारमा आफ्नो वर्चस्व कायम राख्दै एक नयाँ ऐतिहासिक माइलस्टाेन पार गरेको छ । कम्पनीले हालसम्म साढे दुई लाखभन्दा बढी विद्युतीय गाडीहरू बिक्री गरिसकेको घोषणा गरेको हाे ।

मंगलबार मुम्बईमा आयोजित एक कार्यक्रममा टाटा मोटर्सले भारतको कुल इभी बजारमा आफ्नो ६६ प्रतिशत (दुई-तिहाइ) हिस्सा रहेको जानकारी दिएको छ।

नेक्सन इभी एक लाखभन्दा बढी बिक्री हुने भारतकै पहिलो विद्युतीय गाडी बनेको छ। भारतमा गुड्ने हरेक ३ वटा इभीमध्ये २ वटा टाटाकै हुने गरेको छ। हाल टाटाका इभीहरू भारतका १,००० भन्दा बढी सहरहरूमा गुडिरहेका छन्।

टाटा मोटर्सले सन् २०३० सम्ममा आफ्नो इभी पोर्टफोलियोलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ । सन् २०२६ सम्म: बहुप्रतिक्षित Sierra.ev, नयाँ Punch.ev, र प्रिमियम रेन्जको Avinya बजारमा आउनेछन्।

सन् २०३० सम्म कम्पनीले कुल ५ वटा नयाँ इलेक्ट्रिक गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको छ।

चार्जिङको समस्या समाधान गर्न टाटाले ‘ओपन कोलाबोरेशन’ फ्रेमवर्क अन्तर्गत काम गरिरहेको छ । सन् २०२७ सम्म ४ लाख चार्जिङ पोइन्टहरू स्थापना गर्ने याेजना छ । सन् २०३० सम्म भारतभर १० लाख (१ मिलियन) चार्जिङ पोइन्टहरू पुर्‍याउने लक्ष्य, जसमा १ लाख सार्वजनिक फास्ट चार्जरहरू हुनेछन्।

टाटा मोटर्सका प्रबन्ध निर्देशक शैलेस चन्द्रका अनुसार टाटाका इभी प्रयोगकर्ताहरूले औसतमा वार्षिक २०,००० किलोमिटर यात्रा गर्ने गरेका छन्। “हाम्रा ग्राहकहरूले हालसम्म करिब १२ अर्ब किलोमिटर यात्रा गरिसकेका छन्, जसले १७ लाख टन कार्बन उत्सर्जन कम गर्न र ८० करोड लिटर इन्धन बचत गर्न मद्दत पुर्‍याएको छ,” उनले भने।

Logo