काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका लाजिम्पाट, पानीपोखरी र महाराजगञ्ज क्षेत्रमा दुई घण्टा बिजुली कटौती गर्ने भएको छ। बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पानीपोखरी र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रमा लाइन काटिनेछ ।
प्राधिकरणका अनुसार भूमिगत वितरण प्रणालीमा जडान कार्य गर्नुपर्ने भएकाले अस्थायी रूपमा बिजुली अवरुद्ध गर्न लागिएको हो। यस क्रममा त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति भवन तथा नेपाल प्रहरीसम्बन्धित कार्यालय आसपासका क्षेत्रमा पनि प्रभाव पर्नेछ ।
निर्धारित काम समयअगावै सकिएमा लाइन छिट्टै सुचारु हुने प्राधिकरणले जनाएको छ।





























प्रतिक्रिया