आजबाट तिहार सुरुदेखि सञ्चालनमा नआउँदै चोरी हुन थाले नेपाली रेलका लिकसम्म (भिडियोसहित)

आजबाट तिहार सुरुदेखि सञ्चालनमा नआउँदै चोरी हुन थाले नेपाली रेलका लिकसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुशी पार्ने गरिएको हो ।

त्यस्तै आर्थक वर्ष २०७६/७७ मा कुल ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु रकम कुल बजेट निकासा र खर्चको तुलनामा १.०४५ प्रतिशत देखिएको हो । आव २०७६/७७ मा नेपाल सरकारका कुल ३ हजार १ सय ७६ कार्यालयको विभिन्न १४ हजार ३ सय ६८ कार्यक्रमको आन्तरिक लेखा परीक्षणको कार्य सम्पन्न गरिएको छ ।

बिहीबार मन्त्रिपरिषद्ले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् । लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडीहरु नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका हुन् ।

त्यस्तैगरी लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर ३ गते अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बोलाउने र छलफलका लागि कार्यसूची बनाउने निर्णय गर्दै सम्पन्न भएको हो ।

धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । ३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ । तर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् । रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको पाइएको छ । एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सय बढी क्लिप चोरी भएको पाइएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo