कोरोनाले समस्यामा बैंक, नाफामा धक्का : कसले कति कमाए ?

कोरोनाले समस्यामा बैंक, नाफामा धक्का : कसले कति कमाए ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण बैंक तथा वित्तीय संस्थाको प्रगतिमा देखिएको छ । कोरोनाका कारण सरकारले गत चैत्र ११ गतेदेखि पटक पटक लकडाउन र निषेधाज्ञा गरेको थियो । त्यस समयदेखि सम्पूर्ण उद्योग धन्दा, कलकारखाना, पर्यटन क्षेत्र सबै बन्द भए ।

पर्यटन, उद्योग तथा निर्माण शिक्षा लगायतका विभिन्न क्षेत्रमा प्रवाह हुनु पर्ने कर्जा लगानी हुन सकेन । पैसा जति बैंकमा थुप्रियो । कोरोना सुरु हुनु भन्दा पहिले लगानी गरेको कर्जा पनि उठ्न सकेन । एकातिर बैंकको आम्दानी सुक्दै गयो भने अर्कातिर प्रशासनिक खर्चमा कमी भएन । जसका कारण बैंकहरुले गत वर्षहरुमा जस्तो प्रगति गर्न सकेनन् । अहिले कुल २७ वटा वाणिज्य बैंकहरु संचालनमा छन् । त्यसमध्ये २३ वटा वाणिज्य बैंकहरुले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेका छन् । यी बैंकहरु मध्ये अघिकांशको प्रगति सन्तोषजनक छैन । यस्तो छ बैंकको प्रगति :

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएम बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोजसम्म) १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस बैंकको नाफा जम्मा ७५ करोड मात्रै कमाएको थियो । बैंकले वितरण योग्य नाफा जम्मा २२ करोड रुपैयाँ कमाएको छ ।

एनआइसी एसिया बैंक
त्यस्तै, एनआइसी एसिया बैंकको नाफा १ अर्ब २ करोड छ । बैंकले गत आवको सोही अवधीमा १ अर्ब नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ४ करोड रुपैयाँ मात्रै छ ।

प्राइम बैंक
यस बैंकले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ६५ करोड रुपैयाँ मात्रै थियो ।

प्रभु बैंक
प्रभु बैंकले ८५ करोड नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा ६२ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने १७ करोड रुपैयाँ छ ।

राष्ट्रिय बाणिज्य बैंक
पूर्ण सरकारी स्वामित्वको यो बैंकको नाफा एक अर्ब १२ करोड रुपैयाँबाट घटेर ८२ करोड रुपैयाँमा आएको छ । वितरणयोग्य मुनाफा ४३ करोड रुपैयाँ छ ।

एनएमबी बैंक
एनएमबी बैंकले ७३ करोड नाफा कमाएको छ । यस अघि बैंकको नाफा २७ करोड मात्रै थियो । बैंकको वितरणयोग्य नाफा ५१ करोड रुपैयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
यो बैंकले नाफा ६२ करोड रुपैयाँ कमाएको छ । बैंकले गत आवको सोही अवधीमा ८४ करोड रुपैयाँ कमाएको थियो । वितरणयोग्य नाफा २० करोडमा खुम्चिएको छ ।

कुमारी बैंक
यस बैंकको नाफा ६० करोड छ । गत आवको सोही अवधीमा बैंकको नाफा जम्मा ४० करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २५ करोड छ ।

मेगा बैंक
यस बैंकको नाफा बढेर ६० करोड पुगेको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा ४३ करोड रुपैयाँ कमाएको थियो । यसको वितरणयोग्य नाफा ५ करोड रुपैंयाँ मात्रै छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको नाफा ५७ करोड ११ लाख पुगेको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा ४० करोड २५ लाख रुपैयाँ कमाएको थियो । वितरणयोग्य मुनाफा ५ करोड ८९ लाख रुपैयाँ मात्रै छ ।

नेपाल बैंक
यस बैंकको नाफा जम्मा ५५ करोड रुपैयाँ छ । गत आवको सोही अवधीमा बैंकको नाफा ५८ करोड थियो । बैंकको वितरण योग्य नाफा भने १९ करोड रुपैयाँ छ ।

सिटिजन्स बैंक
यस बैंकको नाफा ५१ करोड रुपैंयाँ पुगेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ३४ करोड थियो । वितरणयोग्य नाफा भने ९२ लाख रुपैयाँ मात्रै छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको नाफा ५० करोड छ । यसअघि बैंकको नाफा ५२ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा ४८ करोड रुपैयाँले ऋणात्मक छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले पहिलो त्रैमासिकमा ४६ करोड १४ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ नाफा थियो । बैंकको वितरणयोग्य नाफा २२ लाख रुपैयाँ मात्रै छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल
यस बैंकले ६४ करोड ४१ लाख नाफा कमाएको छ । गतवर्ष जम्मा ४० करोड १३ लाख रुपैयाँ मात्रै आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा ३८ करोड ८८ लाख छ ।

सनराइज बैंक
बैंकले चालु आवको पहिलो त्रैमासिकमा जम्मा ३८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ४५ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २४ करोड छ ।

हिमालयन बैंक
हिमालयन बैंकले ३६ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा ६२ लाख रुपैयाँ छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको नाफा ३६ करोेड रुपैयाँ छ । बैंकले गत आवको सोही अवधीमा ३७ करोेड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ छ ।

एभरेष्ट बैंक
यस बैंकको नाफा ३३ करोड छ । गत आवको सोही अवधीमा बैंकको नाफा ६९ करोड थियो । बैंकको वितरणयोग्य नाफा १३ करोड रुपैयाँ मात्रै छ ।

एनसीसी बैंक
एनसीसीले ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधीमा ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एनसीसीको वितरणयोग्य नाफा १२ करोड रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकको नाफा ३१ करोड रुपैयाँ छ । बैंकले गत आवको सोही अवधीमा ४० करोड रुपैयाँ नाफा कमाएको थियो । वितरणयोग्य नाफा ३ करोड रुपैयाँ छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरीको नाफा २२ करोड रुपैयाँमा सिमित भएको छ । यो बैंकले गत आवको पहिलो त्रैमासिकमा ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यसको वितरणयोग्य नाफा ११ करोड छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकको नाफा २० करोडमा खुम्चिएको छ । यस अघि बैंकको नाफा ४३ करोड थियो । वितरणयोग्य नाफा २ करोड रुपैयाँ मात्रै छ ।

Logo