काठमाडौं । पिस इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् ३२,००,००० (बत्तीस लाख) कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
यस शेयर निष्काशन तथा बिक्री प्रबन्धकका साथै संस्थागत परामर्श सेवाका लागि पिस इनर्जी र माछापुच्छ्रे क्यापिटल लिमिटेडबिच आज औपचारिक सम्झौता भएको हाे ।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी पिस इनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
पिस इनर्जी कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका भएर बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गरी २८.१ मे.वा. क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भैसकेको छ र मिति २०८३ कार्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।





























प्रतिक्रिया