पर्वत। नेपालका पहाडी जिल्लाहरूमा नगदे बालीको व्यावसायिक सम्भावना दिन–प्रतिदिन बढ्दै गएको छ । पर्वत जिल्लामा अलैँची खेतीले किसानका लागि दीर्घकालीन आयको स्रोत बन्न सक्ने सम्भावना रहेको छ । यहाँको हावापानी, माटो, र ओसेपिला भू–भाग र जलवायु अलैँचीका लागि अनुकूल मानिन्छ ।
कृषि विशेषज्ञ पर्वतका अनुसार जलजला, मोदी, महाशिला र फलेवास क्षेत्रका उच्च पहाडी भू–भाग अलैँची खेतीका लागि उपयुक्त छन्। समुद्री सतहदेखि ८०० मिटरदेखि १ हजार ८ सय मिटर उचाइमा रोपिएका बिरुवा १५–२० वर्षसम्म फलदायी रहन्छन्। यसको अर्थ किसानले लामो समयसम्म स्थिर आम्दानीको स्रोत पाउनेछन्।
अलैँची व्यावसायिक नगदे बाली भएकाले एक पटक रोपण गरेपछि नियमित आम्दानीको सम्भावना रहन्छ । प्रारम्भिक अनुमानअनुसार प्रतिरोपनी ४०–६० केजी सुक्खा अलैँची उत्पादन हुन सक्छ, जसको नेपाली बजार मूल्य गुणस्तरअनुसार रु ९ सयदेखि १ हजार २०० प्रति किलो रहेको छ। उच्च गुणस्तरको उत्पादन निर्यात गर्न सकिए थप लाभ लिन सकिन्छ ।
हाल केही किसानले परीक्षणका रूपमा अलैँची रोपण सुरु गरेका छन्। प्रारम्भिक नतिजा उत्साहजनक देखिन थालेको छ । कृषि प्राविधिकहरूका अनुसार उचित प्राविधिक सहयोग, बिरुवा वितरण, मल–जल व्यवस्थापन र रोग नियन्त्रण गर्न सके पर्वतमा अलैँची व्यावसायिक खेती दीर्घकालीन आयको बलियो आधार बन्न सक्छ ।
यद्यपि अलैँची खेतीका केही चुनौतीहरू पनि छन्। बिरुवा रोग, फुर्के र चिरके संक्रमण, सिँचाइको अभाव, प्राविधिक ज्ञानको कमी र बजार अस्थिरता प्रमुख चुनौती मानिन्छ । सुरुवाती चरणमा बिरुवा रोपण, छायाँ व्यवस्थापन र मल्चिङमा लगानी तुलनात्मक रूपमा बढी पर्छ। बिरुवा रोग र छालामा संक्रमण भए उत्पादन घट्ने सम्भावना हुन्छ ।
यस खेती विस्तारका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ । जलजला, मोदी, महाशिला र फलेवासका केही स्थानीय तहले अलैँचीलाई सम्भाव्य नगदे बालीको रूपमा लगाउन सकिन्छ । कृषि विशेषज्ञहरूको अनुसार दीर्घकालीन योजना, बजेट र बजार व्यवस्थापनमा ध्यान दिइएमा अलैँची खेती पर्वतमा स्थिर आयको स्रोत बन्न सक्छ ।
दीर्घकालीन लाभका दृष्टिले अलैँची खेतीले परिवारको जीवनस्तर सुधार गर्न, पारिवारिक श्रम रोजगार सिर्जना गर्न र जिल्लाको कृषि अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्छ । युवा किसानहरू कृषि प्रविधि र व्यावसायिक सोचसहित यसतर्फ आकर्षित हुने हो भने रोजगारको लागि विदेशीनु पर्ने बाध्यताको अत्य हुने देखिन्छ ।
विशेषज्ञहरू रोग व्यवस्थापन, सिँचाइ सुनिश्चितता, गुणस्तरीय बिरुवा र बजार पहुँच सुनिश्चित गर्न सके पर्वतमा अलैँची खेतीले दीर्घकालीन र स्थिर आम्दानीको बलियो आधार बन्न सक्ने बताउँछन् । यसैगरी, स्थानीय सरकारको सहयोग र नीति स्पष्ट भए अलैँची व्यावसायिक खेती पर्वतको पहाडी क्षेत्रको कृषि व्यवसायिकरणमा महत्वपूर्ण योगदान दिने सम्भावना छ ।































प्रतिक्रिया