काठमाडौं ।
प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेको वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकालको टिमलाई एक नम्बर प्रदेशका जिल्ला तथा नगर अध्यक्षहरुले पूर्ण समर्थन गरेका हुन् ।
निर्वाचन अभियान अन्तर्गत बिहिबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उमेदवार ढकाल र उनको टीमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रीय सदस्य पदका उमेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् । सो कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।
‘बिहिबार धरानको भेडेटारमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका अधिकांश जिल्ला तथा नगर अध्यक्षहरुले अहिलेको अवस्थामा ढकाल नेतृत्वको टीमले मात्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नेछ भन्दै जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई स्वागत तथा जीतको अग्रीम बधाई दिएका थिए । कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले भने, ‘ढकाल प्यानलसँग हाम्रो मन र एजेण्डा मिलेकाले समर्थन र सहयोग गरेका छौँ, तसर्थ उक्त टीमलाई जिताउन हृदयदेखि नै सबैसँग आग्रह गरेका छौं ।’
यसअघि महासंघका धेरै अध्यक्षहरु भएपनि उनीहरुले आफ्नो कार्यकाल बिताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चण्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले समर्थन गरेको टीमलाई आफुहरुले जिताउने जिल्ला नगरको अध्यक्षहरुलले प्रतिवद्धता जाहेर गरेका थिए ।





























प्रतिक्रिया