काठमाडौं ।
झन्डै १० वर्षदेखि रिकन्डिसन गाडीहरु खरिद बिक्रि गर्दै आएको सिप्रदी एस्योर्डले टाटामोटर्स लगायत अन्तर्राष्ट्रिय ब्राण्डका ठूलोदेखि साना गाडीहरु किन्ने ग्राहकलाई किनबेच तथा एक्सचेन्ज सुविधा र सेवा दिदै आइरहेको छ । सहि मूल्यांकन र सहि मूल्यमा गाडी किनबेच गर्ने र आवश्यक सल्लाह र परामर्श पनि दिने भएकोले अहिले सिप्रदी एस्योर्ड ग्राहकहरुको रोजाईमा पर्दै आइरहेको छ ।
यहि चाडपर्वलाई लक्षित गर्दै गाडी किन्न खोज्नु हुने, मोटरसाइकलबाट गाडीमा अपग्रेड गर्न खोज्नु हुने ग्राहकहरुलाई ध्यानमा राखेर व्हील्समा डिल्स्स अफर दिइरहेको छ । यो अफर अन्तर्गत रिकन्डिसन गाडीहरु खरिद गर्न इच्छुक ग्राहकहरुलाई फायनान्स सुविधा, फ्री आर्थिक वर्षको गाडीको कर , नामसारी र एक्सचेन्ज सुविधाहरुको व्यवस्था गर्दै आइरहेको छ । यसका साथै गाडीको मूल्यहरुमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ ।
सिप्रदीएस्योर्डका सहमहाप्रबन्धक ध्रुव रेग्मीका अनुसार “सामाजिक दुरी कायम गर्न भएपनि अहिले ग्राहकहरुको रोजाईमा रिकन्डिसन गाडीहरुको आकर्षण बढिरहेको छ । त्यसैले ग्राहकहरुलाई रिकन्डिसन गाडीहरुको खरिदमा सहजता ल्याउन र यो चाडपर्वको समयलाई ध्यानमा राखेर हामीले ग्राहकहरुको लागि विभिन्न सुविधाहरु प्रदानगर्दै आइरहेका छौ । साथै सिप्रदी एस्योर्डले ग्राहकहरुले गाडीमा लगानी गर्दा उच्च भ्यालु प्राप्त होस् भन्ने उद्देश्यमा निरन्तर काम गरिरहेको छ । सिप्रदी एस्योर्डबाट गाडी किनेर सन्तुष्ट हुनु भएका ग्राहकहरुले अरुलाई पनि रिफर गर्ने चलन बढ्दो क्रममा छ । यसले पनि हाम्रो ग्राहकहरुको विश्वास हामीप्रति बढ्दै गएको पुष्टि गर्दछ ।”
रिकन्डिसन गाडी किन्न सोची रहनु भएको ग्राहकहरुले गाडीहरुको बारेमा बुझ्न र टेस्ट ड्राइभ गर्नको लागि थापाथलीस्थित सिप्रदी एस्योर्डको शोरूम जान सक्नुहुन्छ अथवा ९८०१९०२०६३ मा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नु हुनेछ ।





























प्रतिक्रिया